समाजसेवी खकुरेलद्धारा धादिङका चार छात्रछात्रालाई छात्रवृत्ती प्रदान

Post Thumbnail

असोज,धादिङ । समाजसेवी प्रल्हाद खकुरेलले धादिङको थाक्रेमा रहेको महाँकालेश्वरी माध्यामिक बिद्यालय र धुनिबेसीमा रहेको मछिन्द्र माध्यामिक बिद्यालयमा अध्ययनरत चार छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरेका छन ।

महाँकालेश्वरी माविमा कक्षा ५ मा अध्ययनरत छात्र दानियल परियार र कक्षा ६ मा अध्यययनरत छात्रा सिर्जना कार्कीलाई खकुरेलले कक्षा १० सम्म अध्ययन गर्न पुर्णरुपमा सहयोग गर्ने छन ।

यसैगरी उनले धुनिबेसीमा रहेको मछिन्द्र माध्यामिक बिद्यालयमा अध्ययनरत कक्षा ५ का छत्रा अञ्जु थापामगर र कक्षा ५ मै अध्ययनरत छात्र रबिन्द्र कुबरलाई पनि कक्षा १० सम्म पढाइदिने बताएका छन । चार जना बालबालिकालाई खकुरेलले प्रती ब्यक्ति पाँच हजार छात्रवृत्ति दिएका हुन । उनले आफुले छात्रवृत्ति दिएका बालबालिकाले राम्रोसँग अध्ययन गरेर सफल भए कक्षा १२ सम्म नै अध्ययनको लागी पुर्णरुपमा सहयोग गर्ने बताएका छन ।

खकुरेल विभिन्न सामाजिक सेवामा सक्रिय रहेका ब्यक्ति हुन । उनले यसअघि धुनिबेसीमा एक्लैले सडक निर्माण, मन्दिर निर्माण, टोल सफाईको नेतृत्व गर्दै आएकाछन । लायन्स क्लबमा समेत रहेका उनी सशस्त्र प्रहरीको सेवा निबृत्त प्रहरी अधिकृत हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस