नेपालमा कोरोना संक्रमित र निको हुने संख्या करिव बराबरी, एकैदिन ७ हजार ४ सय २५ स्वस्थ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १०, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक सय ८५ जना सङ्क्रमितको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस