आफ्नै निर्णयबाट पछि हटे बामदेब ! काठमाडौँ ७ रामवीरलाई सुरक्षित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने आफ्नो निर्णयबाट पछि हटेका छन् ।

पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम तत्कालका लागि उपचुनावबाट सांसद बन्ने चाहनाबाट पछि हटेका हुन् ।

गौतमलाई सांसद बनाउन भन्दै रामवीर मानन्धरले निर्वाचन क्षेत्र खाली गर्नका लागि राजीनामा दिने घोषणा नै गरेका थिए । उनले पद छाड्न तयार रहेको भनी पार्टीमा समेत पत्र दिएका थिए ।

यसअघि नेता गौतमलाई आफ्नै विश्वासपात्रहरुले समेत चुनावमा नलड्न आग्रह गरेका थिए । अनलाईन केन्द्रलाई प्राप्त स्रोतका अनुसार नेकपा निकट विभिन्न नेताहरुले संसदमा नभएपनि बाहिर रहेर प्रभावकारी भुमिका खेल्न सकिने तर्फ सचेत गराएका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने तयारीको विपक्षमा देखिए । प्रधानमन्त्री ओलीले आफूसँग परामर्श नै नगरी रामवीरले राजीनामा दिने घोषणा गरेको भन्दै तिब्र असन्तुष्टि जनाएका थिए ।

स्रोतका अनुसार गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै संवाद गरेका थिए । नेताहरुबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निश्कर्षमा पुगेका हुन् । स्रोतले भन्यो ‘गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने निर्णयमा पुग्नुभएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस