फिफा विश्कप सुरु हुन अब मात्र १५ दिन बाँकी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ १६, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । फिफा विश्कप सुरु हुन अब मात्र १५ दिन बाँकी छ । विश्वभरका सबै फुटबल लिग अहिले विश्राममा छन् । कुनै ठाउँमा सिजन सकिएको छ त कतै सिजनको मध्यभागमा लिग रोकिएको छ । गतसाता रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई पराजित गरेसँगै युरोपको सिजन पनि विधिवत रुपमा अन्त्य भएको थियो ।

विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् ।

आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । ११ सहरका १२ रंगशाला प्रयोग हुने प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस