कोरोना संक्रमण निरन्तर घट्दै, ६ हजार ४ सय ४ जनाद्धारा स्वास्थ्य लाभ !

Post Thumbnail

जेठ ११, काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितको ७६ दशमलव ५६ प्रतिशत हो ।

यस्तै अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी आठ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस