असोज २६, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
गत वर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो वर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् ।
निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ ।
त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।