आज संसद विघटनविरुद्धका १९ रिटमा सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका कुल ३० रिट मध्ये १९ रिटमाथि सुनुवाइ आज हुँदै छ । आन्तरिम आदेश माग्दै परेका १९ रिटहरु एकै प्रकारका रहेकाले ती सवै रिटहरुलाई एकै ठाँउ राखेर सुनुवाई गर्न लागिएको सर्वोच्चले जनाएको छ ।

रिटमा प्रधानमन्त्रीले यसअघि सर्वोच्चले फैसला अनुसार सवै सरकार गठनका विकल्प पुरा नगरेको आरोप लगाइएको छ । संविधानको ७६ को धारा ३ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेको र प्रधानमन्त्रीले राजीनामा पनि नदिईको अवस्थामा वा प्रधानमन्त्री बाहाल रहेकै अवस्थामा नयाँ सरकार गठन आब्हान पूर्व फैसाला विपरित भएकोले सरकार गठनका सवै विकल्पको पूर्ण कार्यान्वयन नगरी विघटन गर्न नमिल्ने भनि अन्तरिम आदेश माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस