साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘गल्ती के भो’ गीत सार्वजनिक

    बिना गल्ती सजाय कसैले भोग्नुपरे निर्दोषलाई कति पीडा हुन्छ,निर्दोषलाई मात्रै थाहा हुन्छ । हुन पनि सत्य यस्तै छ । मायामा मिलन विछोड पनि हुने रहेछ । कतै कसैको मिलन, कतै कसैको विछोड सायद यसैलाई नै माया भन्ने गर्छ । संसारमा सुन्दर भनेकै माया हो अनि क्रूर पनि माया नै हुनुपर्छ कसैको जीवन अमुल्य बनेको छ मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ ।
सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि  के हुन्छ ? गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा यस्तो संसारभरी महामारी चल्दैगर्दा डरलाई त्यागेर सबैलाई मनोरञ्जन दिन तयार गरिएको ”गल्ती के भो म बाट” गीत स्टुडियो मेलोडी नेपालमा रेकर्डिङ र भिडियो सुटिङ्ग गरेर दर्शक स्रोता माझ ल्याएको छ ।

    चिरञ्जीवी  भण्डारीको स्वर/संगीतमा भिडियोमा मोडल चिरञ्जीवी र प्रमिलाको सुन्दर अभिनय रहेको छ । केशव विश्वकर्माबाट छायांकन गरिएको भिडियोमा निर्देशक धिरज खत्रीको निर्देशन रहेको छ ।
https://youtu.be/9O8sRy0embw

संम्बन्धित समचार

Leave a Reply