असोज २६, काठमाडौं । लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा महिलाको आकर्षण निरन्तर बढिरहेको छ ।
विगत एक वर्षमा स्थायी नियुक्तिका लागि सिफारिस भएका महिलाको संख्या ३२ प्रतिशत पुगेको छ । पुरुषको संख्या ६८ प्रतिशत छ ।
दरखास्त दिने महिलाको संख्यामा पनि निरन्तर वृद्धि भइरहेको आयोगले जानकारी दिएको छ । कुल सात हजार ७१८ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएकोमा महिला दुई हजार ४६५ र पुरुष पाँच हजार २५३ छन् । यस वर्ष पनि सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २७ वर्ष नै छ ।