भोलिदेखि अत्यावश्यक खाद्यवस्तु घरबाटै खरिद गर्न मिल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएको छ । किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न जिल्ला प्रशासन काठमाडौंले निर्देशन दिएको छ । यो अवस्थामा उपभोक्तालाई खाद्यवस्तु आवश्यक परे नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीको व्यवस्था गरिएको छ ।

निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपुर्ति सहज पारिने जनाएको छ । आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको जिल्ला प्रशासन काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस