नेपालमा थप ६९३९ जनामा कोरोना पुष्टि, १०६ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाडौ । बिहीबार एकैदिन देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ हजार २ सय २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसअघि बुधबार ६ हजार ७ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । यसैगरी गत २४ घण्टामा २० हजार ४ सय १४ पीसीआर तथा ५ सय ७८ एन्टिजेन परीक्षण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस