सन् २०२५ भित्रै नेपालमा फाइभजी सेवा विस्तार गर्ने रणनीति, २०२१ भित्रै परीक्षण !

Post Thumbnail

जेठ १४, काठमाण्डौ । सरकारले सन २०२५ सम्म नेपालमा फाइभजी विस्तार गरिसक्ने रणनीति तयार गरेको छ । २०२१ भित्रै फाइभजी परिक्षण गरी आगामी चार बर्षमा नेपाल भर फाइभजीको पहुँच पुर्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट फोरममा प्रस्तुति दिंदै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालले सन् २०२५ सम्म देशभर फाइभजी सेवा पुर्याउने लक्ष्य राखेको र सोको काम चरणबद्ध योजनाका साथ अघि बढ्ने बताएका हुन ।

‘सरकारले यसअघि नै ५ जी सेवा परीक्षण गर्ने अनुमति दिईसकेको छ र यसमा ७०० र २.६ गीगाहर्ज ब्याण्ड उपयोग गरिनेछ’ अध्यक्ष खनालले भने ‘२०२८ मा ७० प्रतिशत जनता बीच फाइभजी सेवा पुर्याउने लक्ष्य छ ’ । उनले नेपालको भौगोलिक अवस्थाका कारण बिटिएस टावर र अप्टिकल फाइबर बिस्तार गर्न कठिन भइरहेको समेत बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले नेपालमा फाइभजीको चार बर्ष कार्ययोजना समेत प्रस्तुत गरेका छन् । जसअनुसार सन् २०२१ मा नै फाइभजी सेवाको परीक्षण गरिने बताइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाईभजी सेवा परीक्षण गर्न अनुमति केहि महिना अघि नै दिइसकेको छ ।

फाइभजी सेवाको परीक्षण गर्दा स्पेक्ट्रमको शुल्क १ वर्षसम्मका लागि निशुल्क गर्ने हुने छ । भने ७०० मेगाहर्ज र २।६गीगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी उपलब्ध हुने भएको छ । अध्यक्ष खनालका अनुसार सन् २०२२ देखि २०२३ सम्ममा शुरुवाती चरणको ५जी जडानका लागि ती स्पेक्ट्रमहरु तयार हुनेछ । त्यसैगरी आगामी वर्षदेखि मात्र अपरेटरहरुले फाइभजी सेवाको निर्माण शुरु गर्नेछन भने आगामी वर्षभित्र प्रमुख शहरहरुमा ५जी सेवा उपलब्ध हुनेछ । प्राधिकरणकाअनुसार तेस्रो चरणमा भने देशभर ५जी सेवाको पहुँच पुग्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस