अफगानिस्तानमा दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकुहरु मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ १५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १५, काठमाण्डौ । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकुहरु मारिएका छन् । देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउँसो भिडन्त भएको सैन्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए । घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस