नुवाकोटमा बस दुर्घटना, १ को मृत्यु, ३० भन्दा बढी घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौं । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।

नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएकाे हाे ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै १ जनाकाे मृत्यु भएकाे र ३० भन्दा बढी घाइते भएकाे जानकारी दिए । लामाले दिएकाे जानकारी अनुसार, १ महिलाको घटनास्थलमै ज्यान गए पनि सनाखत हुन सकेको छैन ।

सई थापाले उद्धार कार्य जारी रहेकाले हताहतीबारे यकिन गरेर भन्न नसकिने बताए । ‘अहिले घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाइरहेका छौं । हताहतीको यकिन विवरण अझै आइसकेको छैन’, थापाले भने ।

बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस