असोज २६,काठमाडौँ । नेपालले टी–२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ ।
शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।
लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको छ । तर, भारी वर्षाका कारण ट्रफी प्रिजेन्टेसनसमेत हुन सकेन ।
लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा अगाडि निकै अगाडि छ ।
मलेसिया पनि अघिल्लो चरणमा
नेपाल र सिंगापुरले यसअघि टी–२० विश्वकप छनोटको एसिया फाइनलमा स्थान बनाइसकेका थिए ।
तर, अन्तिम टोली टुंगो लागेको थिएन । शुक्रबार चीनलाई १० विकेटले हराएसँगै मलेसिया अघिल्लो चरणमा पुग्न सफल भएको छ ।
थाइल्याण्डको समान ७ अंक भएपनि नेट रन रेटका आधारमा मलेसिया तेस्रो बन्न सफल भएको छ ।
अब एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपालसहित सिंगापुर र मलेसियाले एसिया फाइनल खेल्नेछन् । ६ टोलीले एकअर्कासँग खेल्दा शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोटमा स्थान बनाउनेछन् ।