एसईई वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।

जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए । ‘सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको हो’ उनले भने, ‘अनुमति पाउने अपेक्षा छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस