नेपालमा कोरोना संक्रमणबाट १०९ जनाले ज्यान गुमाए, ६२०५ जना निको भए !

Post Thumbnail

जेठ १६, काठमाण्डौ । मुलुकमा कोरोना भाइरसबाट थप ४३६९ जन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या पछिल्लो २४ घण्टामा फेला परेको तथ्यांक हो । यस्तै, आज ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाए ।

सरकारले पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको बताएको छ ।
परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस