काठमाण्डौ उपत्यकामा संक्रमित घट्दै, अस्पतालमा खाली हुँदै आईसीयू र शैया

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाडौ । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ ।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू पनि खाली भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा।रामविक्रम अधिकारीका अनुसार विगत तीन दिनदेखि अस्पतालको आकश्मिक कक्षामा आएका कुनै विरामी फिर्ता पनि नगरिएको र भर्नाका लागि नपर्खाइएको बताए । शिक्षण अस्पतालमा रहेका ५२ वटा आईसीयू बेड मध्ये पाँचवटा खाली रहेको बताउँदै कोभिडका विरामीका लागि शैया र अक्सिजन पर्याप्त रहेको बताउनुभयो ।उहाँले झण्डै ३० फिट लामो अक्सिजन ट्याङ्क हालै जाडान भएको र यसले अक्सिजनको माग लगभग धान्ने बताउनुभयो । यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा।अनुप बाँस्तोलाका अनुसार केही विरामी भेन्टिलेटरमा र केही गम्भीर अबस्थाका विरामी अझै अस्पतालमा भए पनि विरामीको चाप भने घट्दै गएको बताए ।
उहाँले केही दिन अघिसम्म विरामीको बढ्दो चापका कारण शैया अभावमा कतिपय विरामीलाई स्टेचर तथा अस्पतालको चौरमा समेत राखेर उपचार गर्नुपरेको बताउँदै अहिले गम्भीर अबस्थामा अस्पताल आउने विरामीको संख्यामा कमी आएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस