सरकारको वार्षिक बजेट पत्रकार महासंघद्वारा स्वागत

जेठ १७, काठमाण्डौ । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारद्वारा शनिबार अध्यादेश मार्फत प्रस्तुत आर्थिक वर्ष २०७८।७९ बजेटको स्वागत गरेको छ । महासंघमा महासचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी गर्दै बजेट सकारात्मक रहेको बताए ।

बजेटमा महासंघले उठाएको मागको सुनुवाई भएको बताउँदै महासंघले त्यसलाई सकारात्मक रुपमा लिंदै कार्यान्वयनका लागि आग्रह गरेको छ । “नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो प्रस्तुत गरेको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ” विज्ञप्तीमा उल्लेख छ ।

बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय रहेको महासंघले बताएको छ । यसअघि महासंघका पदाधिकारीले गत वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर माग प्रस्तुत गरेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply