जेठ २० वाट निषेधाज्ञाबीच केहि सेवा खुकुलो हुने संकेत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १७, काठमाडौ । पछिल्लो तथ्याकंले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।

महामारीको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लागू गरिएको हो । यो पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जानकारी छैन । तर सकारात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवालाबीच छलफल थालिएको छ ।

समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्रमित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस