सोमबार पनि बढ्यो सुन र चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाण्डौ । सोमबार पनि सुन र चाँदी दुबैको भाउमा बृद्धि भएको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस