राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डे निर्वाचित !

जेठ १७, काठमाण्डौ । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको लागि सोमवार भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनवाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गहेन्द्र कुँवरका अनुसार पाण्डेले ४,१४० मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३,६१२ मतभार प्राप्त गरेका थिए । प्रदेश सदस्यको एक र स्थानीय तहको दुई मत भने बदर भएको छ ।

संम्बन्धित समचार

Leave a Reply