जसपाको ठाकुर पक्ष केही दिनभित्रै सरकारमा जाने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाको ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने र आफूहरू पनि सरकारमा सहभागी हुने कुरा छलफलमा भएको नेता कर्णले उज्यालोलाई जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस