आज नेपालमा ६ हजार ४ सय ९१ जना स्वस्थ, ४७६२ कोरोना संक्रमित, ११४ को मृत्यु !

Post Thumbnail

जेठ १७, काठमाण्डौ । सोमबार थप ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन् ।
त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो । सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस