के हो युवा तथा साना व्यवसायी स्वरोजगार कोष ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ १८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १८,काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले “सुलभ कर्जा युवालाई स्वरोजगार,उत्पादनशिल लगानी विकासको आधार भन्ने नाराका साथ स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्धारा स्वरोजगारमुलक व्यवसायिक परियोजना सञ्चालन गर्नका स्थानियस्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकासमार्फत मुलुकभित्र स्वरोजगारका अवसरहरु सिर्जना गर्न विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । कोषले स्थापना कालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वारोजगार कार्यक्रम हो ।

कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) भन्नुहुन्छ–’हाम्रो देशमा स्रोत साधनको पर्याप्तता छ । हामीसँग असीमित आर्थिक क्षमता र उर्जित सपना बोकेका युवा जनशक्ति छ । श्रम र स्रोतको समूचित उपयोगबाट मात्र उत्पादन सम्भव छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पुरा गर्न हामी कामको सिर्जना गर्न चाहन्छौ । कोषको कानुनी र आर्थिक सिमा र क्षमताभित्र रहेर हामी बेरोजगार युवाहरुलाई स्वरोजगार वनाउन चाहन्छौ ।’

‘देश ठुलो व्यापार घाटामा रहेको छ । हामी हाम्रो श्रमको उपयोगबाट मालहरुको उत्पादन गर्न चाहन्छौ र कम्तिमा कृषिजन्य आयातित वस्तुहरुको विस्थापन हाम्रो अभियान हुनेछ । शहरकेन्द्रित हाम्रो श्रमशक्तिलाई हामी गाँउ फर्काउन चाहन्छौ ।’ रोक्काले भने ।

सहकार्यमा आधारित साझेदारी कार्यक्रम

स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्धारा स्वरोजगारमुलक व्यवसायिक परियोजना सञ्चालन गर्नको लागि प्रदेश र स्थानीय तह –नगरपालिका,गाँउपालिका) र समान उदेश्य बोकेका स्वरोजगार तथा रोजगारसंग जोडिएका संघ संस्थाहरुसंग सहकार्यमा आधारित साझेदारी कर्जा लगानी कार्यक्रम मार्फत सुलभ व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकासमार्फत मुलुकभित्र स्वरोजगारका अवसरहरु सिर्जना गर्न कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कोषले स्वरोजगार तथा रोजगार सिर्जना गर्नका लागि प्रदेश र स्थानीय तह –नगरपालिका,गाँउपालिका) संग बढीमा ३.५ प्रतिशत ब्याजदरमा कर्जा लिनेछ । प्रदेश र स्थानीय तहसंग लिएको कर्जामा कोषले आवश्यकताको आधारमा रकम थप गरी सम्बन्धित प्रदेश र स्थानीय तहमा स्वरोजगार तथा रोजगार सिर्जना गर्न बैँक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कर्जा लगानी गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस