खसी प्रतिकेजी पाँच सय र च्याङ्ग्रा सात सय रूपैयाँ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २७, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाडौं । नेपाल खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

संस्थानले शुक्रबारदेखि खसीबोका र च्याङ्गाको बिक्री खुला गरेको छ । संस्थानले खसी प्रतिकेजी पाँच सय र च्याङ्ग्रा प्रतिकेजी सात सय रूपैयाँ मूल्य निर्धारण गरेको हो । संस्थानले प्रतिकेजीमा १० रूपैयाँ छुट दिएको हो । संस्थानले बिहीबार पाँच सय च्याङ्ग्रा र २ सय ७१ वटा खसीबोका भित्र्याएको छ ।

चाडपर्वका बेला बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुन सक्ने भन्दै संस्थानले सहुलियत दरमा खसीबोका बिक्री गर्दै आएको छ । दसैंमा निजी व्यवसायीले समेत खसीबोकाको बिक्री सुरु गरेका छन् ।

व्यवसायीले छिमेकी मुलुक भारतबाट खसीबोका र र चीनबाट च्याङ्ग्रा आयात गरेका छन् । दसैंमा उपत्यकामा खसीबोकाको अत्यधिक खपत धेरै हुने गर्छ ।

दसैंमा मात्र ५० देखि ६० हजार संख्यामा खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा ८० प्रतिशत खसीबोका छिमेकी मुलुक भारत र चीनबाट आउने गर्छ । व्यवसायीका अनुसार ३० देखि ३५ हजार भारत, १० देखि १२ हजार च्याङ्ग्रा चीनबाट आयात हुने गर्छ । गत वर्षको दसैंमा ५० हजार खसीबोका खपत भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस