त्रिभुवन विमानस्थलबाट भित्रिए १२ हजार नेपाली र विदेशी भित्रिए !

Post Thumbnail

जेठ १९, काठमाण्डौ । निषेधाज्ञाका बीच त्रिभुवन विमानस्थलबाट १२ हजार मानिस नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार मे महिनाभरमा एक हजार चार सय ६८ जना विदेशी र १० हजार नौ सय ३२ जना नेपाली नागरिक गरी १२ हजार चार सय जना नेपाल भित्रिएका हुन् ।

वैशाख १६ अर्थात् अप्रिल २८ बाट नेपालमा निषेधाज्ञा सुरु भएको थियो । तर वैशाख २३ गतेसम्म अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको थियो । मे ६ पछि नेपाल–भारत हप्ताको दुई उडान मात्रै भएका थिए । निषेधाज्ञाको बीचमा उद्धार तथा चार्टर्ड उडान हुँदा नेपाल बाहिरिनेको संख्या भने दोब्बर रहेको छ । मे महिनामा २३ हजार एक सय ३५ जना बाहिरिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस