काठमाडौं उपत्यकामा आज कति संक्रमति थपिए ?

Post Thumbnail

जेठ १९, काठमाण्डौ । काठमाडौं उपत्यकामा १४ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर १८१, ललितपुर ३०६ र काठमाडौंमा ९ सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

आज देशभरी थप ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण भएकामध्ये ४ हजार ५२४ र एन्टिजेन विधिबाट भएका परीक्षणमा ७९२ जनामा संक्रमण देखिएको छ ।

यस्तै थप ७ हजार २१९ जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आज १०१ जनाको मृत्यु भएको छ । आज देशभरी १ लाख १ जहार ९ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनिमा ६ हजार ८ सय ६२ र होम आइसोलेसनमा ९५ हजार १ सय ३१ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस