जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १९, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ । दुवै जनाले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र सोमबार निर्वाचन आयोगमा दर्ता गराएका थिए। मंगलबार बसेको आयोगले बैठकले दुुवै पत्र एक साथ खारेज गरेर पुनः प्रक्रिया पुर्याएर आउन पत्राचार गर्ने निर्णय गरेको हो ।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यादवलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पुरा गरेर आउन भनिएको छ भने ठाकुरलाई त्यसका साथै केन्द्रीय सदस्यको हस्ताक्षरसमेत समावेश गर्न भनिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस