अपि पावर कम्पनीको हकप्रद आजदेखि निष्कासन, कसरी दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज जेठ २० गते, बिहीबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

अर्थात कम्पनी १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । आज जेठ २० गतेबाट बिक्रि खुल्ला गरिएको उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस