असोज २७,सिन्धुली । सिन्धुलीमा फेरि बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाउँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटनामा परेको हो ।
बसमा ३० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार घटनामा एक जना घाइते भएका छन् भने अन्यको अवस्थामा सामान्य छ ।
‘बस तल खसेको भए ठूलो क्षति हुनसक्थ्यो’, एसपी यादवले भने, ‘तर, सडकमै दुर्घटना भएको हुँदा धेरै क्षति हुन पाएन ।’
उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । यसअघि शुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको थियो ।