भारतमा संक्रमण घट्दै, २४ घण्टामा ३३ सय ८२ को मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २२, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दर घट्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ३ हजार ३८२ जनाको ज्यान गएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

भारतमा अहिलेसम्म पनि १५ लाख ६२ हजार ५८५ जना सक्रिय संक्रमित रहेका छन भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा हालसम्म २ करोड ६७ लाख ८७ हजार १३० जना निको भएका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्यु दरका हिसाबले दोस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा यो अवधिमा कोरोना संक्रमणका कारण १ हजार १८४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म त्यहाँ मृत्यु हुनेको कुल संख्या ४ लाख ७० हजार ९६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३८ हजार ४८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ कोरोना संक्रमितहरुको कुल संख्या १ करोड ६८ लाख ४१ हजार ९५४ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस