धादिङका यी स्थानमा आज ९ घण्टासम्म बत्ती जाने

Post Thumbnail

जेठ २२, काठमाण्डौ । धादिङका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ । देवघाट सब(स्टेसनको धादिङ वितरण केन्द्रअन्तर्गत ३३ केभी फिडरअन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनीमा सडक विस्तारको क्रममा केही पोलहरु सार्नुपर्ने भएकाले आज ९ घण्टा बत्ती जाने भएको हो ।

जहरे, धादिङबेँसी र सल्यानटारका सबै ठाउँहरुमा अहिले बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आज थाक्रे, गल्छी, गजुरी, बेनीघाट रेराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी, गंगाजमुना, आरुघाटलगायत ठाउँमा ९ घण्टासम्म बत्ती जाने भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, चितवनको टाँडी वितरण केन्द्रको ११ केभी क्षमताको भण्डारा फिडरअन्तर्गतका क्षेत्रमा पनि आज ७ घण्टा बत्ती जाँदै छ । भण्डारा, लोथर, कोरक, कड्यौलीलगायत क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएको त्यस क्षेत्रमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस