देशका सबैजसो ठाउँमा तापक्रम बढ्यो

Post Thumbnail

जेठ २२, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । आज काठमाण्डौको तापक्रम ३० डिग्री आसपास रहेको छ । हिजो २९ दशमलव ४ प्रतिशत थियो भने अस्ति ३१ डिग्री सेल्सियस थियो ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यकासहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । उनका अनुसार तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि छ । केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् । केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको मौसमविद् अर्यालले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस