एनआईसी एशिया सेलेक्ट-३० इण्डेक्स फण्ड बजारमा आउँदै, कति छ ब्याजदर ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईसी एशिया सेलेक्ट ३० इण्डेक्स फण्ड असार १० गतेदेखि बजारमा आउने भएको छ । यो सात वर्ष अवधिको म्युचुअल फण्ड हो ।

ुएनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।

असार १० गतेबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस