बाढीले मनाङमा बितण्डा : तालगाउँ डुबानमा, बेलिब्रिज र विद्युतगृह बगाउँदा ३० घर डुबानमा !

Post Thumbnail

असार १, काठमाण्डौ । वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण आएको बाढीले डुबानमा परेको हो ।

मर्स्याङ्दीछेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए । बाँकी घर पनि जोखिममा छन् । स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस