आजदेखि तीन महिनासम्म जथाभाबी सडक खन्न नपाइने

असार १, काठमाण्डौ । आजदेखि जथाभाबी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो । नियम अटेर गर्दै कसैले सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही हुने पनि कार्यालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply