असोज २८, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ ।
शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ । मुख्यसचिव पौडेलका अनुसार, बास्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी छ ।
१४ पुस ०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।
२०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए ।