स्वावलम्बन लघुवित्तले संस्थापक समूह अन्तर्गतको १ लाख ९० हजार कित्ता शेयर बिक्री गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ३, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३, काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १ लाख ९० हजार ६५० कित्ता शेयर बिक्री गर्ने भएको छ। संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोल कबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।

साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित गरिएको छैन ।

संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ जेठ २४ गते देखि मिति २०७८ असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस