भैसी गोठमा लगेर १० वर्षीया छोरीलाई करणी गरी हत्या गर्ने ५१ वर्षीय बुवा पक्राउ !

असार ३, काठमाण्डौ । कैलालीमा १० वर्षीया छोरीमाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई बुधवार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

गत जेठ २७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी बालिकाको घटना शंकास्पद देखिएकाले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैसी गोठमा लगेर जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको विष्टले बताए ।

मृतकका बुवाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

 

संम्बन्धित समचार

Leave a Reply