निषेधाज्ञा खुलेपनि लाइसेन्स आवेदन तत्काल नखुल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ४, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले निषेधाज्ञा खुलेपनि तत्काल सवारी अनुमति पत्र लाइसेन्स आवेदन खोल्न नसकिने बताएको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर घातक र शक्तिशाली रहेको भन्दै संक्रमणको जोखिम उच्च रहेकाले जतिनै चाप भएपनि खोल्न नहुने निष्कर्ष निकालेको हो ।

सरकारले आगामी असार दोस्रो साताबाट उपत्यकामा ५० दिनदेखि जारी लकडाउन खोल्ने तयारी गरिरहेको छ । त्यसैगरी काठमाडौं भित्र चल्ने सवारी साधनलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस