पार्टीको आधिकारिकता दाबी गर्दै जसपाका उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ४, काठमाण्डौ । पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरू शुक्रवार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।

जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै ठाकुर र यादव पक्षले एकले अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस