धादिङ थाक्रे गाउँपालिकाद्धारा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

सन्तोष सुवेदी                               

असार ५, थाक्रे । धादिङ थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । शुक्रवार गाउँसभाको आयोजना गरी थाक्रे गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोभिड व्यवस्थापनलाई मुख्य ध्यान दिइएको छ । नीति तथा कार्यक्रममा मूख्य १६ वटा क्षेत्रहरुलाइ समेटिएको छ । आब २०७८/०७९ को नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरु कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन, कोभिड १९ को प्रभावबाट शिथिल भएको अर्थतन्त्रको पुर्नरउत्थान, कृषिको आधुनिकीकरण, व्यवसायिकरण, र बजारीकरण, कृषि उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि मार्फत खाद्य सुरक्षाको प्रत्याभूति, शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधार निर्माण सड्क सुधार, सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासका प्रतिफलको न्यायपूर्ण वितरण , जीवनपयोगी एवम् सीपयुक्त शिक्षामा लगानी,गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार,सूचना प्रविधि तथा संञ्चारमा विकास, जनताको जीवनस्तर, आम्दानी र रोजगारीमा अभिवृद्धी,विपद् व्यवस्थापन , दिगो विकास वातावरणीय संरक्षण तथा सम्बद्र्धन, भष्ट्राचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारीता, लैगिक समानता र सामाजिक समावेशीकरण, पर्यटन पुर्वाधार तथा संस्कृति प्रवद्र्धन र मानसिक स्वास्थ्य, योग, प्राकृतिक चिकित्सामा जोड लगायतका रहेका छन् ।

सभामा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रममा प्रत्येक घरमा वगैचाको अभियानलाई अगाडी वढाइएको छ । गाउँपालिकाले नर्सरीको स्थापना गरी फुलको विरुवा उमार्ने र प्रत्येक घरलाई ५ विरुवा अनुदानमा दिईने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जबताए ।

यस्तै थाक्रेको गणिशेचौरमा मदन भण्डारी महाविद्यालयको निर्माण गरिने भएको छ । निती तथा कार्यक्रममा अध्यक्ष रामकुमार आचार्यले थाक्रेको गणिशेचौरमा मदन भण्डारी महाविद्यालयको निर्माणको कार्य आगामी आर्थिक वर्षमा शुरु गरिने बताए । उक्त महाविद्यालयमा कृषि र उद्योगका लागि पठन पाठन गर्ने र अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने उनले बताए ।

थाक्रे गाउँपालिकाले नेपालको संविधान र कानूनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन विद्यालयमा छुट्टै कक्षा संचालन गर्ने भएको छ । विद्यार्थीलाई नेपालको संविधान र कानूनको बारेमा जानकारी गराउन छुट्टै कक्षा संचालन गर्ने व्यवस्था मिलाईने भएको हो । गाउँपालिकालाई सुन्दर,स्वच्छ र समृद्ध बनाउने अभियानका साथ दीर्घकालीन उद्देश्य राखी आर्थिक सामाजिक विकासको ढाँचामा अगाडी बढ्ने उद्देश्य पनि थाक्रेले लिएको छ । नीति, कार्यक्रम तथा बजेटले विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । कोभिड १९ बाट सिर्जित संकट ब्यवस्थापन,कोरोना खोप, बिभिन्न महामारीजन्य बिपद्, बाढी पहिरो तथा राहात लगायतलाई पनि प्राथमिकता दिईएको छ ।

विश्वमा मानव जातिकै लागि चुनौतिको रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस) महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि गाँउपालिकाले सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । कोभिड १९ सङ्क्रमित तथा प्रभावितहरूलाई हुन सक्ने सम्भावित घृणा, लाञ्छाना र भेदभावका विरुद्ध सबै वडाहरूमा सचेतना मुलक कार्यक्रमहरूलाई अभियानका रुपमा सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ । निती तथा कार्यक्रममा बिकास निर्माणका काम, खानेपानीको सुबिधा, रोजगारी लगायतका अन्य क्षेत्रलाई पनि बिषेश प्राथमिकता दिईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस