असोज २९,काठमाडौँ । आज बडादशैँ नवरात्रको छैठौँ दिन कात्यायनीको पूजा गरिँदै छ । शक्तिस्वरुवा दुर्गाका ९ स्वरुप मध्ये पहिलो दिनै शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले मानव जातिले पूजा आराधना गर्ने शास्त्रीय नियम बसेको मानिन्छ ।
नेपालीहरुको महान् पर्व बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन घर–घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।