जेठ १६,काठमाडौँ सरकारले ल्याएको बजेट युवामैत्री भएको युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले बताएका छन । अनलाईन केन्द्रसंग कुराकानी गर्दै उनले बजेटको ईतिहास मै पहिलोपटक युवामैत्री भएको बताएका हुन ।
उनले युवा आन्दोलनबाट स्थापित सर्टिफिकेटको धितोको आधारमा ऋण दिने बताएको कुरा महत्वपुर्ण भएको बताए । विदेशबाट फर्किएका युवालाई ऋणको व्यवस्था, युवा स्वरोजगारलाई अझै व्यवस्थित बनाउने कुरा बजेटमा आएको उनले बताए ।
युवासंघले चाहेको बजेट नै आएको उनले दावी गरे । पौडेलले अहिलेको सरकार स्थिर भएकोले बजेट कार्यान्वयन हुनेमा आफुहरु ढुक्क भएको बताए । उनले दिगो विकास र सम्बृद्धीको लागी व्यवहारिक र देशको धरातल अनुरुपको बजेट आएको उनले बताए ।
सरकारले भनेभन्दा बढी रोजगार दिन सक्ने बताउदै यसमा कञ्जुस्याई गरेको बताए । सरकारले ल्याएको बजेट महत्वकांक्षी भन्दा पनि यथार्थपरक रहेको उनको भनाई थियो ।
अडियो सुन्न तल क्लिक गर्नुहोला ।