असोज २९,चितवन । लमजुङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा दुर्घटना हुँदा १ जना घाइते भएका छन् भने ४ को सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना ५ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खसेको हो ।
बस सडकबाट करिब ७० मिटर तल खसेर नदीमा पुगे पनि ४ जनाको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ । १ जना घाइते भएको र हराएका १ जना पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
अघिपछि गाउँबाट काठमाडौं फर्कने गाडी खचाखच भए पनि दशैं भएकाले बसमा चालकसहित ६ जना मात्र सवार थिए ।
प्रहरीले यात्रुवाहक बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।