थ्रीस्टारलाई ललितपुर महानगरले ३२ लाख उपलब्ध गराउने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन २९, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २९,ललितपुर । ललितपुर महानगरपालिकाले जिल्लाका पाँच ए डिभिजन क्लबलाई बार्षिक ४ लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । शुक्रबार बसेको महानगरको बोर्ड बैठकले ललितपुरका पाँच शीर्ष डिभिजनका क्लबलाई बार्षिक ४ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई गत शुक्रबार बसेको महानगरको बोर्ड बैठकले पारित गरेको हो ।

बैठकले ललितपुरे क्लब थ्रीस्टारलाई थप २८ लाख रुपैयाँ रकम समेत उपलब्ध गराउने निर्णय गरेको छ । गत बर्ष ७ प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधिको ४ लाखका दरले २८ लाख रुपैयाँ क्लबलाई दिने निर्णय गरेको हो । यसबर्षमात्र क्लबले महानगरबाट ३२ लाख रुपैयाँ पाउने छ ।

फुटबलको माध्यमबाट जिल्लाको खेलकुदको बिकाशमा योगदान पु¥याएको भन्दै महानगरले सो रकम प्रदान गर्ने निर्णय गरेको क्लबका अध्यक्ष अरुणमान जोशीले खेलपाटीलाई बताए ।

महानगरबाट बार्षिक ४ लाख आर्थिक सहयोग पाउने ललितपुरका क्लबमा एनआईबीएल फ्रेन्ड्स, ब्रिगेड ब्वाईज, जावलाखेल र च्यासल युथ क्लब रहेका छन् ।

यसअघि काठमाडौ महानगरले जिल्लाका ६ वटा ए डिभिजन क्लबलाई बार्षिक ९ लाख ३० हजारको प्रायोजन सम्झौता गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस