नेपालमा थप ३ हजार ७ सय ३ जनामा कोरोना पुष्टि, ४ हजार ९५४ जना संक्रमणमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौ । २४ घण्टामा देशभर ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ७०९ एन्टिजेन परीक्षणमा ८१९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । यस्तै, २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस