रोल्पामा पहिरोले घर भत्किँदा सुतिरहेका तीन जनाको घटनास्थलमै मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ९, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । रोल्पामा पहिरोले घर भत्किँदा सुतिरहेका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन घाइते छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

जिल्लाको रोल्पा नगरपालिका ९ होमाको गर्पामा मंगलबार मध्यरातमा घर माथिबाट पहिरो खस्दा ८६ वर्षीया कर्मिता बुढा, उनकी १६ वर्षीया नातिनी स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुशिला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस