सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र कहिलेसम्म विक्रीमा रहन्छ ? आवेदन दिनुभयो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ९, काठमाडौं । असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र असार २० गतेसम्म विक्रीमा रहनेछ । बैंकले प्रतिकित्ता रू १ हजार अंकित दरको रू ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो ।

ऋणपत्र विक्रीको छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्मको मिति तोकेको हो । उक्त अवधि अगावै माग बमोजिम आवेदन परेमा ऋणपत्र विक्री बन्द हुने समेत बैंकले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस